मेयर लामाको पहलमा राप्तीको बिकट कान्दामा आधारभुत स्वास्थ्य सेवा केन्द्र सुरु

चितवन । राप्ती नगरपालिकाको सबैभन्दा विकट पहाडी क्षेत्र कान्दामा आधारभूत स्वास्थ्य केन्द्र सुरु भएको छ । नगरपालिकाका मेयर शमशेर लामाको विशेष पहलबाट गत असारमा निर्माण भएको भवनमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएको हो । गत वैशाख महिनामा पहिलोपटक नगरप्रमुख, उपप्रमुखसहितको टोली कान्दा पुगेको थियो । कान्दा पुगेर फर्किए लगत्तै बसेको कार्यपालिका बैठकले कान्दामा स्वास्थ्य केन्द्र स्थापना गर्ने र कान्दा पुग्न ट्रयाक खोल्ने निर्णय भएको थियो ।

कान्दामा बाटो, बिजुली पुग्न सकेको छैन भने एउटा सिटामोलका लागि पनि कालिटार र यौरालिटार आउनुपर्ने बाध्यता छ । ‘सबै किसिमबाट कान्दा पछाडि छ, एउटा सिटामोलका लागि ४ घण्टा हिँड्नुपर्छ’, नगरप्रमुख लामाले भन्नुभयो , ‘कान्देली जनताको मुहारमा खुसी ल्याउने हाम्रो प्रयास सफल भएको छ, घरआँगनमा स्वास्थ्य सेवा पुगेसँगै उपचारमा थप सहज हुनेछ ।’

राप्तीको कान्दा पुग्न यातायातको सुविधा थिएन भने चार घण्टा हिँडेपछि उक्त ठाउँमा पुग्न सकिन्छ । चेपाङ बाहुल्य रहेको कान्दामा उपचार अभावमा धेरैले ज्यान गुमाउँदै आएका थिए ।
कान्देली जनतालाई कुटानीपिसानी गर्न परेको समस्यालाई मध्यनजर गर्दै राप्ती नगरपालिकाले डिजलबाट चल्ने मेसिन समेत कान्दा पुरयाएको छ । कान्देलीले सुक्खा नलागेको बेला घट्टको सहायताले कुटानीपिसानी गर्दै आएका छन् । पछिल्लो समय सुक्खा लागेर घट्ट पनि बन्द छ । घट्टको विकल्पमा पेट्रोल मेसिन पुर्याएर सोमबार नै उद्घाटन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार