चिसो बढ्यो – राप्तीका विद्यालयमा २ दिन विदा – नगर प्रमुखले भने चिसो बाट बचौ

spot_img

राप्ती । बढ्दो जाडोलाइ ध्यानमा राख्दै राप्ती नगरपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा विदा दिइएको छ । राप्ती नगरपालिका शिक्षा शाखाले एक सुचना जारी गदै माघ ८ र ९ गते विदा दिने भनेको हो । बार्षिक क्यालेण्डर अनुसार बर्खे विदा कट्टा हुने गरी विदा दिइएको राप्ती नगर प्रमुख शमशेर लामाले बताए । जाडो बढिरहेको र यसको असर साना भाइवहिनीहरुलाइ समेत पर्ने भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख लामाले बताए । जाडो बढेपछि विद्यालयमानै आगो ताप्न सुरु भएपछि विदा दिइएको उनले बताए । चिसोमा विद्यालयमा आउन जान मात्र होइन कक्षा कोठामा समेत पढ्न गाह्रो हुने अभिभावकको गुनासो बढेपछि विदा दिइएको हो । जाडो अझ बढ्यो भने थप विदा गर्ने या नगर्ने भन्ने बिषयमा निर्णय गरिने उनले बताए । अहिले विद्यार्थी भाइवहिनीको समस्याला ध्यानमा राखेर २ दिन विदा दिइएको हो । राप्तीको पहाडी क्षेत्रमा यसको असर बढी हुने प्रमुख लामाले बताए । विहानै विद्यालय आउनुपर्ने बाध्यता संगै जाडो बढेपछि बिद्यार्थीमा समस्या सुरुहुने उनको भनाइ रहेको छ । पहाडी क्षेत्रमा दैनिक ३ घण्टा सम्म हिडेर विद्यालय आउनुपर्ने बाध्यता रहेको छ । विद्यालय समय सकिएपछि पुन ३ घण्टा हिडेर घर फर्कनुपर्छ । विहान र साझ शितलहरनै पर्न थालेपछि नगरले २ दिन विदाको घोषणा गरेको हो । यो विदाको समयमा राप्ती नगर प्रमुख लामाले सुरक्षित रहन समेत अनुरोध गरेका छन । घरमा रहनु भएका साना भाइवहिनी र वृद्धआमावुवालाइ बिशेष ख्याल गर्नुपर्ने बताए । साना भाइवहिनी र वृद्ध आमावुवामा चिसोको कारण समस्या आउन सक्ने भन्दै उनले न्यानो ठाउमा राख्न अनुरो गरे । विहान वेलुका घर वाट वाहिर ननिकल्ने, चिसो खानेकुरा नखाने, सामान्य रुघाखोकी वाट समेत सुरक्षित रहनु पर्ने सुझाव दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार