निशुल्क एम्वुलेन्स सेवा प्रभावकारि – जनतामुखि काममा अघि बढ्दै राप्ती सरकार

spot_img

पुर्ण बहादुर मगर
राप्ती । पुष २९ गते

राप्तीका जनतालाइ निशुल्कलाइ एम्वुलेन्स सेवाको प्रभावकारिता बढ्दो रहेको छ । पहाड देखि तल्लो भेगका जनताले नियमित निशुल्क एम्वुलेन्स सेवा लिएका छन । राप्ती नगर प्रमुख शमशेर लामाका अनुसार राप्तीका जनतालाइ स्वास्थ्यमा पहुच पुर्याउनको लागी भन्दै निशुल्क एम्वुलेन्स सेवा ल्याएको बताए । प्रमुख लामाका अनुसार राप्तीमा रहेका विपन्न परिवारको लागी मात्र होइन निशुल्क सेवा लिन चाहाने सवैलाइ सुविधा रहेको बताए ।

स्थानिय सरकार आए देखिनै दिर्घरोगीको लागी निशुल्क एम्वुलेन्स सेवा रहेको थियो । उमेरको हद तोकेरै वृद्ध आमावुवाको लागी सेवा प्रवाह गरेको थियो । नगर प्रमुख लामाका अनुसार आफु मेयर भएपछि सेवा सवैलाइ बराबरी गरेको बताए । उनका अनुसार दैनिक ७ जना भन्दा बढी विमारीलाइ एम्वुलेन्सले सेवा दिदै आएको छ । यसमा पुरुषको संख्या बढी रहेको उनको भनाइ रहेको छ ।

नगरपालिकाले दिने निशुल्क सेवाका लागी सकेसम्म आफ्नो वडाको जनप्रतिनिधि नभए टोल विकास समितीका आधिकारिक व्यक्तिलाइ जानकारी दिनुपर्ने प्रमुख लामाले बताए । यसो हुदा सेवाग्राहिको लागी सहजीकरण हुने बताए ।

अस्पतालको लागी दिनमा कम्तीमा एम्वुलेन्स ७ पटक राप्ती वाट जाने गर्छ । सोहि अनुपातमा अस्पतालमा उपचार गरी घर फर्कनेको संख्या रहेको छ । उहाहरुलाइ पनि हामी निशुल्क सेवा दिदै आइरहेका छौ । पहिले पहिले जाने मात्र सम्झनु हुन्थ्यो अहिले फर्कने उत्तिकै रहेको बताए ।

राप्ती नगरपालिकाको वडा नं ५ का जनताले बढी सेवा लिने उनको भनाइ रहेको छ । वडा नं १ का जनताले भने कम सेवा लिने गरेका छन । पहिले पहाडका जनताको सेवामा न्युन अवस्था रहेको थियो । तर पछिल्लो ३ महिना यता पहाडमा रहेका जनताले पनि सेवा बढी मात्रमा लिएका छन ।

नगरमा अहिले एउटा मात्र एम्वुलेन्स रहेको कारण सवै विमारीलाइ सहयोग गर्न नपाएको भन्दै प्रमुख लामाले अर्काे थप गर्ने तयारी रहेको बताए । अहिले खरिद प्रकृयामा रहेको एम्वुलेन्स आएसंगै जनताले थप सुविधा पाउने बताए । यसो गर्दा भन्ने वित्तिकै जनताको घरमा सेवा दिन सकिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार