शान्ति मध्यवर्ती सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न

राप्ती । पूर्वी चितवनको राप्ती ३ मा रहेको श्री शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको २०औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्य बहादुर राइको अध्यक्षतामा भएको साधारणसभा राप्ती ३ को गिरिजा घाटमा सम्पन्न भएकाे हो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लोथर उपभोक्ता समितीका अध्यक्ष मान बहादुर स्याङ्बोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राप्ती ३ का वडा अध्यक्ष शिवकान्त ओलि बिशिस्ट अतिथिको रुपमा रहनु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथी स्याङ्बोले केही समय यता जंगली जनावरको हिडडुल बढेकोले निकुञ्ज आसपासका सिमानाहरुमा अनावश्यक रुपमा नजान आग्रह गर्नु भयो । त्यस्तै वहाँले चोरी शिकारी नियन्त्रण गर्ने जिम्मेवारी मध्यवर्ती क्षेत्रका वासिन्दाको पनि भएकोले सबै चनाखो हुनुपर्ने बताउनु भयो ।

अर्का अतिथि वडा अध्यक्ष शिवकान्त ओलिले मध्यवर्ती क्षेत्र सबैको साझा सम्पत्ति भएकाले संरक्षण गर्नु पनि सबैको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली रेन्ज पोष्टका प्रमुख सुदर्शन रेग्मी, विभिन्न संघ सस्थाका प्रतिनिधि तथा बन समुहका उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार