राप्तीमा स्वास्थ्य विमा सुरु

राप्ती । राप्ती नगरपालिकाको भण्डारा अस्पतालमा स्वास्थ्य विमा सेवा सुरु भएको छ । बुधवार एक कार्यक्रमका विच स्वास्थ्य विमा कार्यक्रम सेवा सुरु भएको नगर प्रमुख शमशेर लामाले जानकारी दिए । नगर प्रमुख लामाले ७४ बर्षकी खिमाकुमारी सिलवालाइ स्वास्थ विमाको टिकट र औषधि हस्तान्तरण गदै नगरवासीलाइ भण्डारा अस्पतालमा सेवा लिन अनुरोध गरेका छन । स्वास्थ विमाको सेवा लिन रत्ननगर र भरतपुर सम्म धाउने पर्ने समस्याको अन्त्य भएको भन्दै आफ्नो आगनमै स्वास्थ्य समस्याको समाधान हुने नगर प्रमुख लामाले बताए । सरकारले स्वास्थय विमा लागु गरेपछि जनताले सुपथ सेवा पाइरहका छन । यसअघि राप्तीका जनता भरतपुर अस्पताल सम्म स्वास्थ विमाको सेवा लिन जाने गरेका थिए । त्यसपछि रत्ननगर अस्पतालमा सेवा लिदै आइरहेका थिए । अव भने भण्डारामानै स्वास्थ्य विमा कार्यक्रम लागु भएको छ । राप्ती नगर प्रमुख शमशेर लामाले भण्डारा अस्पतालको बिषयमा गाउगाउमा गएर प्रचार गरिनु पर्ने भन्दै स्वास्थ विमा सुरु भएको बिषयमा सर्वत्र खबर गर्न अनुरोध गरेका छन । कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेले राप्ती नगरपालिकाले जनता खुशि पार्ने काम गरिरहेको बताए । जनताको स्वास्थ्यमा कत्ति पनि सम्झौता गर्न नहुने उनले बताए । पछिल्लो समय भण्डारा अस्पताल प्रति जनताको विश्वास बढी रहेको अस्पतालका प्रमुख बिनोद रिजालले बताए । अहिले पहाडी क्षेत्रको मात्र नभइ तल्लो भेगका वडाका जनता पनि नियमित उपचारमा आउने गरेको उनको भनाइ रहेको छ । राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले स्वास्थ्य विमालाइ चुस्त र व्यवस्थित बनाउन गरिनु पर्ने सवै काम गरि सकेको बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ५ की सदस्य लक्ष्मी विक लगायतकाको उपस्थिती रहेको थियो । भण्डारा अस्पतालका राजेन्द्र घायलले स्वागत मन्तव्य राखेका कार्यक्रम शाखाका उपप्रमुख राममणी सिलवालले सहजीकरण गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार