राप्तीमै श्रम स्वीकृत लिनको भिड बढदो – नगर प्रमुख लामाले भने ‘समयमै नगरमा समन्वय गर्नुहोस’

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बैदेशिक रोजगारको श्रम स्वीकृत लिने सेवाग्राहीलाइ नगरको रोजगार शाखामा समन्वय गर्न अनुरोध गरेका छन । नगर प्रमुख लामाले नियमित रुपमा श्रम स्वीकृत लिने सेवाग्राहीहरुको भिड बढ्न थालेपछि समयमानै रोजगार शाखामा सम्र्पक अनुरोध गरेका हुन । श्रम स्वीकृतको लागी पनि नियमित रुपमा सिमित कोटा हुने भएको कारण अन्तिम समयमा आएर सम्र्पक गर्दा शाखा वाट काम हुन नसक्ने भन्दै कम्तिमा ३ दिन अगाडी सम्र्पक गर्न अनुरोध गरेका छन । अहिले राप्ती नगरपालिकाको रोजगार शाखा श्रम स्वीकृत लिने सेवाग्राहीको उपस्थिती बाक्लो रहेको छ । तर सेवाग्राहीहरु भोलि विदेश जानु पर्ने तर आज जस्तो मात्र श्रम स्वीकृत लिन आउदा सेवाग्राहीलाइ समस्या उत्पन्न हुने भन्दै कम्तिमा पनि ३ दिनको समय लिन नगर प्रमुख लामाले अनुरोध गरे । हतारमा आएर सम्र्पक गर्दा सेवा नदिए जस्तो, सरकारी काम ढिलासुस्ती भए जस्तो लाग्ने भन्दै श्रम स्वीकृतीको पनि प्रकृया हुने उनले बताए । सो वापत भुक्तानि गर्नुपर्ने रकम अनलाइन मार्फत, वैक मार्फत गर्नुपर्ने भन्दै यस बिषयमा समेत सचेत रहन उनले नगरवासीलाइ आग्रह गरेका छन । राप्तीको रोजगार शाखाले कार्यालय समयमा नियमित श्रम स्वीकृतीको काम गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार