श्रीलङ्काः आर्थिक सङ्कटका निम्ति राजपक्ष दाजुभाई लगायत १३ जना दोषी ठहर श्रीलङ्काको उच्च अदालतले देशका भूतपूर्व राष्ट्रपति गोटाबय राजपक्ष र उनका दाजु महिन्द राजपक्ष सहित अन्य १३ जना नेताहरू देशले बेहोरेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको फैसला सुनाएको छ। तिनीहरूले “चालेका कदम, नगरिदिएका काम र देखाएका व्यवहार” का देशमा सङ्कट आएको उक्त फैसलामा भनिएको छ। सन् २०२२ मा देशमा विदेशी मुद्राको भण्डार रित्तिँदा मुद्रास्फिति आकासिएको थियो र श्रीलङ्कामा इन्धन, खानेकुरा र औषधिको चरम अभाव हुन पुगेको थियो। उक्त सङ्कटपछि महिनौँसम्म ठूला सार्वजनिक विरोध प्रदर्शनहरू भएका थिए र अन्ततः राजपक्षलाई सत्ताच्यूत हुनु परेको थियो।