राप्ती नगरपालिकाले चिनको तेन्जिन नगरपालिकासंग भगिनी सम्वन्ध विस्तार गर्ने

राप्ती । राप्ती नगरपालिका र मित्र राष्ट्र चिनको तेन्जिन नगरपालिकासंग भगिनी सम्वन्ध विस्तार हुने भएको छ । राप्ती नगरपालिका प्रमुख शमशेर लामा चिन भम्रणमा रहनु हुदा चिनको तेन्जिन नगरपालिका संग भगिनी सम्वन्ध विस्तारको बिषयमा छलफल भएको हो । नगर प्रमुख लामाले आफ्नो सचिवालयको आधिकारिक फेसवुक पेजमा पोष्ट गर्नुहुदै तेन्जिन नगरपालिकाका उपप्रमुख जि युयान (xie Yuan)संगको भेटवार्तामा भगिनी सम्वन्ध विस्तारको बिषयमा छलफल भएको बताए । तेन्जिन नगरपालिकाले राप्ती नगरपालिकासंग सम्वन्ध विस्तार गर्न चाहेको भन्दै लामाले कृषि क्षेत्रमा तेन्जिन नगरपालिकाले साथ सहयोग गर्ने बताए । अवका दिनमा दुवै पालिकाका प्रतिनिधि मण्डल सहित सम्झौता हुने उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार