नहर विभाग – कार्तिक १७ मा ९० दिन पुग्ने – जिल्ला विपद बैठकमा नहर विभागको बिषयमा छलफल राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले जिल्ला विपद व्यवस्थापन समितीको बैठकमा नहर विभागको बिषयमा छलफल सुरु गरेका छन । विहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा नगर प्रमुख लामाले राप्ती नगरपालिका वडा नं ६ भण्डारा बजारमा रहेको नहर विभाग खालि गर्ने बिषयमा अहिले सम्मको प्रगती र अवस्थाको बिषयमा आफ्नो कुरा राखेका हुन । उनले नगरको कार्यपालिका बैठकले गरेको निर्णयको अनुसार अहिले सम्म अन्तिम चरणमा पालिका पुगेको उनले बताए । २०७९ पुष महिनाको १३ गते बसेको बैठकले नहर विभाग हटाउने निर्णय गरेको थियो । यो संगै राप्ती नगरपालिकाले जेठ २६ गते जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय चितवनलाइ जग्गाको अवस्था र त्यसको विवरणको लागी पत्र लेखेको थियो । सिचाइले असार २९ गते जग्गा खालि गर्न अनुरोध गदै पत्र लेखेको हो । राप्ती नगरपालिकाले साउनको १७ गते ९० दिनको सुचना जारी गदै जग्गा खालि गर्न अनुरोध गरेको छ । अहिले राप्ती नगरपालिका भित्रको नहर विभागमा २ सय २३ परिवार रहदै आएका छन । तथ्याङ्गको आधारमा ७ परिवार विपन्न रहेका छन । अहिले सम्म राप्ती नगरपालिकामा १७ जना भन्दा बढी घरधुरीले खालि गर्ने सहमतीका साथ समन्वय गर्न आएका छन । नगर प्रमुख शमशेर लामाका अनुसार नगरपालिकाले समन्वयमा आएका परिवारको लागी क्षतिपुर्तीको व्यवस्था समेत गरेको बताए । हेदै जनाउ अव कहिले सम्म अन्य परिवार सम्र्पकमा आउनेछन । नहर विभागका अधिकांश परिवारको राप्ती नगरपालिका वडा नं ६ मा घर जग्गा रहेका छन । राप्ती नगरपालिकाले दिगो योजना सहित नहर विभाग खालि गर्ने तयारी गरेको हो । भण्डारा बजार नगरकै मुटु रहेको भन्दै दिगो र प्रभावकारि योजना ल्याउने बताए । नगर प्रमुख लामाले नहर विभागमा रहदै आएका परिवार र व्यवसायीको लागी भने दिगो योजना बनाएको बताए । अहिले रहदै आउनु भएका परिवार र व्यवसायीको लागी नगरले व्यवसायिक योजना बनाएको बताए । नहर विभागमा अधिकांश थारु समुदाय रहदै आएका छन ।