एमाले बागमती प्रदेश: उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले गरे उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता गरेका छन् । लामाको प्रस्तावकमा कृष्णभक्त पोख्ररेल र समर्थकमा हिरा लामा रहेका छन् ।

लामाले बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेर काम गरिसकेका छन ।  मन्त्री रहँदा उनले प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभै जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेको नेताहरु बताउँछन । निरंकुश पंचायती व्यवस्था विरुद्ध २०४३ मा जनपक्षीय प्रधानपञ्च समेत भएका लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा निरन्तर क्रियाशील रहँदै आएका छन् । नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा सरल र सादगी नेताको रूपमा चिनिन्छन् ।
चितवनको राप्ती नगरपालिकाका स्थायी बासिन्दा लामा लोकतान्त्तिक तामाङ संघका केन्द्रिय अध्यक्षसमेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार