सविधान दिवसको अवसरमा नगर प्रमुख लामाले विपन्नलाइ खाद्यन्न बाडे

बिशाल न्युज
राप्ती । सविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राप्ती नगरपालिकाले २५ विपन्न परिवारलाइ खाद्यन्न वितरण गरेको छ । राप्ती नगर प्रमुख शमशेर लामा आफै घरघरमा पुगेर केहि विपन्न परिवारलाइ खाद्यन्न सहयोग गरेका हुन । वाकि परिवारलाइ नगरको प्रशासनको माध्यम वाट वितरण गरिने प्रमुख लामाले बताए । सामान्यतया विभिन्न निकायले सविधान दिवसको अवसरमा दिप प्रज्वलन तथा अन्य सभा आयोजना गरेको तर राप्ती नगरपालिकाले भने विपन्न परिवारको लागी अभिभाकत्व छ भन्ने आभास दिन खोजेको उनले बताए । विपन्नको पक्षको काम गर्ने प्रतिवद्धता लिएका प्रमुख लामाले विभिन्न अवसरमा समेत खाद्यन्न वितरण गदै आइरहेका छन । उनले सुत्केरी महिला, छोराछोरी नभएका वुवा आमा, अभिभावक नभएकाहरुको लागी समेत खाद्यन्न सहयोग गदै आइरहेका छन । राप्ती नगरपालिकाका कोहि पनि जनता भोको नहुन भनेर आफुले खाद्यन्न सहयोगमा बढी जोड दिएको बताए । उनले आगामी दिनमा खाद्यन्न सहित शिप मुलक तालिम , आय आर्जनमा प्राथमिकतामा राख्ने बताए । सधै यसरी घरघरमा गएर जनताको लागी खाद्यन्न बाडी रहन सम्भव र प्रभावकारी नहुने भन्दै जनतालाइ रोजगारी र आय आर्जनको काममा प्राथमिकतामा राखिने बताए । अव नगरपालिकाले जनताको लागी स्वरोजगार कार्यक्रम ल्याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार