राप्ती १ द्धारा खेल सामाग्री हस्तान्तरण राप्ती । राप्ती नगरपालिका वडा नं १ ले वडास्तरिय फुटवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाइ खेलकुद सामाग्रि हस्तान्तरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाले आफ्ना खेलाडीहरुलाइ जर्सि लगायतका सामाग्रि सहयोग गरेको हो । वडा नं १ का अध्यक्ष सिद्धिलाल स्याङ्गतानले खेलकुद र युवाको लागी सदैव सहयोग गर्ने बताए । उनले खेलकुदमा वडाको लगाव रहेको भन्दै आगामी दिनमा खेल क्षेत्रको विकासको लागी काम गर्ने बताए । उनले यसअघि वडामानै मुख्यमन्त्री कप समेत आयोजना भएको र यसले समग्र नगरको विकासमा टेवा पुगेको बताए । यसकारण हामी वडामा सदैव खेल क्षेत्रको विकासको लागी बजेट विनियोजन गदै आइरहेको बताए । वडा नं १ की वडा सदस्य ग्रेस तामाङ्गले युवा र महिला विकासको लागी वजेट विनियोजन भएको बताए । खेलाडीहरुलाइ यस पटक खेलकुदका सामाग्रि सहयोग गरेका हौ । उनले भनिन आगामी दिनमा तालिम आवश्यक परेमा, सोको व्यवस्थापन समेत गरिने प्रतिवद्धता जनाइन । खेल सामाग्रि हस्तान्तरण कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघस.स्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।