भण्डारा अस्पताल प्रति स्थानियको बिश्वास बढ्दो सेवाग्राहिलाइ खुशि पार्न नगर प्रमुख लामाद्धारा स्वास्थ्यकर्मिलाइ निर्देशन राप्ती । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले स्वास्थ्य क्षेत्रमा कत्ति पनि सम्झौता नगरी काम गर्न निर्देशन दिएका छन । सोमवार स्वास्थ्य शाखाको आयोजनामा भएको वार्षिक समीक्षा गोष्ठी समापन कार्यक्रमा प्रमुख लामाले सो कुराको निर्देशन दिएका हुन । उनले नगरका जनतालाइ स्वस्थ बनाउनको लागी स्थानिय सरकार लागी परेको भन्दै यसमा सवैको साथ र सहयोग आवश्यक रहेको छ । दिनप्रतिदिन स्वास्थ्यको क्षेत्रमा प्रगती भएको र जनतामुखि सेवा दिन सकेकोमा उनले खुशि व्यक्त गरेका छन । अहिले स्थानियले भण्डारा अस्पताललाइ विश्वास गरेका छन । यसकारण स्वास्थ्यकर्मिहरुले बिशेष ध्यान दिनुपर्ने बताए । स्वास्थ्य शाखाले भदौ १७ र १८ गते गरि दुइदिन राप्ती नगरपालिका अन्तर्गतका स्वास्थ संस्थाहरुको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको हो । गोष्ठीमा नगरपालिकाको १३ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा गरिएको थियो । गत आर्थिक वर्षमा निर्धारित लक्ष्य र प्राप्त उपलब्धि तथा वडामा रहेका स्वास्थ्य संस्था र समग्र पालिकाको स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका विषयमा छलफल गरिएको स्वास्थ्य शाखा सहप्रमुख राममणी सिलवालले बताए । गोष्ठीमा चुनौती तथा समाधानका क्षेत्रहरुको बारेमा समेत छलफल भएका थिए । शाखाले गर्नुपर्ने सुधारको र पुर्याउनु पर्ने मापदण्डको विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा भण्डारा नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विनोद रिजाल, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने अध्यक्षतमा सम्पन्न भएको हो ।