प्रहरी र लियो विच राखि बाधि आत्मियता साटासाट

प्रहरी र लियो विच राखि बाधि आत्मियता साटासाट राप्ती । लियो क्लब अफ चितवन स्टार र लियो क्लव अफ चितवन वीरेन्द्रनगरको संयुक्त आयोजनामा दिनरात नभनि खटिने राप्तीका सुरक्षाकर्मि र लियो बिच रक्षाबन्धन कार्यक्रम सम्पन्न भएको छ । विहिवार इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी र टाफिक प्रहरीहरुलाइ लियामा आवद्ध युवाहरुले राखि लगाइदिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि लियो जिल्ला परिषद ३२५ आर नेपालका जिल्ला अध्यक्ष किरण लामिछानेले समुदायको सुरक्षाको लागी खटिएका प्रहरी दाजुभाइ तथा दिदीवहिनीलाइ राखि लगाइदिएर आत्मियता बाडेको बर्ता । कार्यक्रममा बिशिस्ट अतिथि इलाका प्रहरी कार्यालय भन्डाराका प्रहरी निरीक्षक श्याम म. पोख्रेल , जिल्ला चिफ लियो सन्जिब सुबेदिु, अतिथि रिजन रियरपर्सन लियो अबिप कडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा लियो क्लब अफ चितवन स्टारका अदक्ष बिश्वाश सीलवाल र लियो क्लब अफ चितवन बिरेन्द्रनगरका अदक्ष लोकनाथ कडेल ले धन्यवाद मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार