नेकपा(माओवादी केन्द्र) राप्ती नगरको पुर्ण विस्तारित बैठक सम्पन्न

नेकपा(माओवादी केन्द्र) राप्ती नगरको पुर्ण विस्तारित बैठक सम्पन्न —— जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ,घर घरमा माओवादी जन-जनमा माओवादी भन्ने मुल नाराका साथ नेकपा(माओवादी केन्द्र) राप्ती नगर समितिको पुर्ण विस्तारित बैठक सप्पन्न भएको छ ।नेकपा(माओवादी केन्द्र)को केन्द्रिय नीति अनुरुप ३ महिने पार्टी सुदृढीकरण अभियान अन्तर्गत त्यसको तयारीका लागि बैठक भएको थियो ।पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका बागमती प्रदेश सचिवालय सदस्यहरु पुर्ण बहादुर अमगाइ (सुबोध), मान बहादुर स्याङ्बो, सुमन बराल, प्रदेश सदस्य बिमला बराइली , उत्तम गुरुङको उपस्तिथि थियो ।बैठकमा पार्टीका चितवन जिल्ला समन्वय समितिका सदस्यहरु , नगरका पदाअधिकारिहरु, नगरकमिटी, वडाका पदाअधिकारिहरुको सहभागिता थियो । बैठकमा १३ वटै वडाका पार्टी अध्यक्षहरुले आ-आफ्नो वडाको रिपोर्ट पेश गर्नुका साथै पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई आवश्यक सुझाव र सल्लाह समेत दिएका थिए । बैठकले ३ महिने अभियानमा पार्टी सुदृढीकरणका लागि कार्य बिभाजन समेत गरेको छ भने बैठकको सभापतित्व नेकपा(माओवादी केन्द्र)राप्ती नगर समितिका अध्यक्ष रामचन्द्र पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार