नगर प्रमुख लामाले भने “काशिरुपका विद्यार्थी र अभिभावक धैर्य गर्नुहोस”

नगर प्रमुख लामाले भने “काशिरुपका विद्यार्थी र अभिभावक धैर्य गर्नुहोस” राप्ती । काशिरुपा आधारभुत विद्यालयका विद्यार्थीलाई रुने कराउने र काम्ने समस्या देखिएको भन्दै राप्ती नगर प्रमुख शमशेर लामाले अभिभावकलाइ धैर्य गर्न अनुरोध गरेका छन । काशिरुपमा मात्र नभइ विभिन्न विद्यालयमा यस किसिमको समस्या हुने भएको भन्दै अभिभावक र विद्यालय प्रशासन आत्तिहाल्नु नहुने बताए । उनले यस्तो समयमा अभिभावक र विद्यालयले बिशेष ख्याल गर्नुपर्ने बताए । नगर प्रमुख लामाले विद्यालयमा छात्रछात्राहरु बेहोस् हुने वा कराउने भएमा आत्तिनु नहुने बताए । बिरामीको वरीपरि भिड लाग्न नदिने, रुने कराउने र चिइाउने काम्ने लक्षण देखिएको बिरामीलाई छुट्टै कोठामा लैजाने, बिरामीलाई एक्लै आराम गर्न दिने बताए । उनले बिरामीको होस् खुलेपछि राम्रोसँग कुराकानी गर्ने,उनीहरुको तनावको कारण पत्ता लगाउने र शिक्षकले पढाउँदा विद्यार्थीलाई आत्मियता देखाउने र माया र स्नेह देखाउनु पर्ने बताए । विद्यार्थीलाई शारीरिक तथा मानसिक परिवर्तनको विषयमा समेत नगर प्रमुख लामाले शिक्षा दिनुपर्ने बताए । राप्ती नगर प्रमुख लामाले आफु कामको सिलसिलामा काठमाडौ भएको र काशिरुपमा यस किसिमको समस्या भएको भन्दै धैय गर्न अनुरोध गरे । नगरले आवश्यक समन्वय गर्ने र गराउने कुरामा पछि नहट्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार