काशिरुपाका विद्यार्थीमा रुने काम्न थाले पछि राप्ती नगरपालिकाको चासो राप्ती । राप्ती नगरपालिका वडा नं ४ मा रहेको काशिरुपा आधारभुत विद्यालयमा विद्यार्थीहरुमा देखा परेको अस्वभाविक व्यवहारको बिषयलाइ लिएर राप्ती नगरपालिकाले चासो देखाएको छ । सोमवार राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामाले विद्यालयमा पुगेर शिक्षक र अभिभावक र पदाधिकारीसंग छलफल गरेका हुन । लामाले बिद्यार्थीहरुले देखाएका व्यवहार प्रति सम्वन्धित निकायसंग छलफल गरेर विद्यार्थीलाइ भण्डारा अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको हो । उनले विद्यार्थीहरुमा देखिएको यस किसिमको समस्यामो दिगो समाधानको लागी पालिकाले आवश्यक समन्वय समेत गर्ने प्रतिवद्धता जनाए । उनले यो कुन किसिमको विमारी हो र यसको लागी आवश्यक समन्वय गर्नुपर्ने ठाउमा , जानुपर्ने ठाउमा नगर पुग्ने ठोकुवा गरे । राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले हामीले विभिन्न विद्यालयमा यस्ता समस्या भएको सुनेका र थाहा समेत पाएको बताए । यसका लागी विद्यार्थीका अभिभावकले मनोविद स.ग परामर्श गर्नुपर्ने र सहि उपचार गर्नुपर्ने बताए । नगरशिक्षा अधिकृत रविना देउजाले विद्यार्थीमा एकाएक यस किसिमको समस्या आएपछि विद्यालय प्रति अभिभावकले नकरात्मक सोच राख्न नहुने बताइन । बिद्यालयको पठन पाठनमा सम्वीनधत निकायले ध्यान दिनपर्ने र यसका लागी आवश्यक समन्वय गर्नको लागी अभिभावकलाइ समेत देउजाले अनुरोध गरिन । विद्यालयमा पहिलो पटक यस किसिमको समस्या आएको भन्दै अभिभावकलाई धैर्य गर्न प्रधानध्यापक विपि लामाले अनुरोध गरेका छन । काशिरुपा आधारभुत विद्यालयका विद्यार्थीहरु चिच्याउने, रुने काम्ने लगायतका अस्वभाविक व्यवहार देखाउन थाले पछि अभिभावक आत्तिएका थिए ।