वडा अध्यक्षका प्रत्यासी फुलमान रा स्व पामा प्रवेश राप्ती

वडा अध्यक्षका प्रत्यासी फुलमान रा स्व पामा प्रवेश राप्ती । रा स्व पा राप्ती नगर वडा नं १ वडा समितीको सभापतिमा फुलमान थिङ्ग चयन भएका छन । थिङ्गले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गदै आफु अहिले सम्म कुनै पार्टीमा आवद्ध नरहेको तर रा स्व पाको निति र योजना राम्रो लागेको भन्दै वडा सभापतिको जिम्मेवारी लिएको बताएका छन । थिङ्ग गएको स्थानिय चुनावमा वडा नं १ को स्वतन्त्र वडा अध्यक्षको उम्मेदवार समेत रहेका थिए । उनले मुडा चुनाव चिन्हमा चुनाव लडेका थिए । थिङ्गले आफ्नो फेसवुक पेजमा लेखेका छन ”जबसम्म(रा.स्व.पा.)देश र जनताको हितमा रहन्छ,तबसम्म (रा.स्व.पा.)मा रहेर आफ्नो वडा र वडाबासि जनताहरूको लागि सकेको सेवा गर्ने प्रण गर्दै, जिवनमा पहिलो पटक राजनितिक दलमा आबद्द् भई,रा.स्व.पा. दलको तर्फबाट(वडा सभापति)पदमा नियुक्ति भएको जानकारि गराऊदछु। घरको जिम्मेवारि र सयौ हाक्सेङ हरूको जिम्मेवारि संगै गाऊ÷समाजको जिम्मेवारि काधमा लिएर अघि बढ्नु साच्चै सजिलो छैन मलाई।तरपनि समय लाई मिलाऊन सक्ने क्षमता राख्दै आत्मबिश्वास को साथ अघि बढ्दैछु । म आफ्नो ब्यक्तिगत जिवनमा धेरैथोरै सफल छु।मलाई राजनितिमा लागेर आफ्नो लागि गर्नुपर्ने केहि छैन।बस मेरो यो कोशिश ले वडा र जनताहरूको लागि भबिष्यमा ठुलै टेवा पुर्याऊन सकिन्छ भन्ने एउटा स्वार्थ बोकेर अघि बढ्दैछु । दिमागको भन्दा मनको धेरै सुन्ने मान्छे म,पक्कैपनि यो बानिले राजनितिमा मलाई अलि अप्ठ्यारो पार्न सक्ला।तरपनि सफा मन लिएर अघि बढ्ने मान्छे एकदिन सफल भईन्छ भन्ने आशा बोकेर अघि बढ्दैछु । (यो यात्रामा नया छु।अग्रज हरूको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दै म संगै हिड्न तयार हुनुहुने वडा कमिटि भित्रका सह–सभापति(रिता कार्कि गौतम)बहिनि र सचिव(प्रेम गुरूङ)दाज्यु संगै सम्पुर्ण सदस्य ज्यु हरूलाई हार्दिक स्वागत गर्दै,वडा निर्माण अभियानमा हातेमालो गर्दै अघि बढ्नको लागि आह्वान गर्दछु । यो यात्रामा कहिकतै जान–अन्जानमा म र हामि बाट केहि त्रुटिहरू हुन सक्छ।त्यस्तो समयमा तपाई वडाबासि जनताहरू सल्लाह–सुझाव तथा खबरदारि गर्नको लागि तयार रहनुहोला।तर राम्रो काम गर्दैगर्दा खुट्टा तान्ने सोच आऊछ भने,खुट्टा तान्नु अघि आफ्नो भाबि सन्ततिको बारेमा सोच्नुहोला । ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार