राप्तीका कोही पनि नागरिक नागरिकता बिहीन हुनुपर्दैन : उपप्रमुख लामा राप्ती । राप्ती नगरपालिका वडा नम्बर १० का ४० जना चेपाङलाई एकैदिन नागरिकता वितरण गरिएको छ । लामो समयदेखि नागरिकत बाट बञ्चित राप्तीको विकट क्षेत्रका चेपाङलाई नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाको सक्रियतामा नागरिकता प्रदान गरिएको हो । सो क्षेत्रका नागरिकलाई नागरिकता दिलाउनका लागि नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले लामो समयदेखि पहल गर्दै आएका थिए । राप्ती नगरपालिका वडा नम्बर १० भौगोलिक आधारमा विकट क्षेत्र हो । यस क्षेत्रमा अझैपनि कतिपय स्थानीयबासीहरु नागरिकताको पाउनबाट बञ्चित भइरहेका छन् । अल्पसंख्यक चेपाङ (प्रजा) जातिको बसोबास रहेको यो क्षेत्रमा भौगोलिक विकटता, शिक्षाको कमीले गर्दा नागरिकताबाट बञ्चित हुन परेको हो । राप्ती नगरपालिकाको नगर उपप्रमुखमा निर्वाचित भएयता उनले नागरिकका समस्यालाई दीर्घकालिन समाधानका विकल्पका काम गर्दै आएका छन । राप्तीका विकट क्षेत्रमा उपप्रमुख लामा आफैं पुगेर आम नागरिकका समस्या पहिचान गर्नुका समस्या समाधानका लागि सम्बन्धित निकायसँगको समन्वय गर्दै आएका छन । लामो समयदेखि नागरिकता नपाएका चेपाङ समुदायका नागरिकलाई नागरिकता दिएपछि उनँले भने , ‘नागरिकता हरेक नेपालीको नैसर्गिक अधिकार हो । तर पनि नागरिकताको बारेमा यस क्षेत्रका मानिसलाई जानकारी नहुँदा उनीहरु राज्यका सेवा सुविधाबाट टाढा छन् । अब नगरपालिकाले त्यो हुन दिँदैन ।’ सो क्षेत्रका चेपाङलाई नागरिकता वितरणपछि उपप्रमुख लामाले नागरिकता बनाइदिनुहुन सहजीकरको भुमिका खेल्नुहुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, राप्ती–१० का वडा अध्यक्ष तेज बहादुर तामाङलाई धन्यवाद समेत दिएका छन । नागरिकता बाट बञ्चित अन्य नागरिकलाई पनि चाडै नागरिकता प्रदान गरिने उनँले बताए ।