राप्ती सहित चार पालिकाद्धारा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र राप्ती । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियको जग्गा नाप्ने क्रममा भएको समस्यालाइ लिएर राप्ती सहित ४ पालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ ज्ञापन पत्र बुझाएका छन । मंगलवार राप्ती नगरपालिकाका उपप्रमुख , रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनिया, मनहरी गाउपालिका प्रमुख रञ्जन कालाखेती सहितको टिमले प्रधानमन्त्री समक्ष जग्गा नापमा आएको समस्या र समाधानको लागी ज्ञापन पत्र बुझाएका हुन । अहिले राष्ट्रिय भुमि आयोगले राप्ती सहित देशका विभिन्न पालिकामा जग्गा नाप गदै लालपुर्जा वितरण गरेको छ । राप्ती नगरपालिकाको वडा नं १ र ३ केहि भाग मध्यवर्ती क्षेत्रमा पर्दछ । अहिले राप्ती नगरपालिकाको १३ वटै वडामा भुमिहिन सुकुम्वासी, भुमिहिन दलित र अव्यवस्थित बसोवासीलाइ निस्सा बाडि सकेको छ । अहिले राप्ती नगरपालिका वडा नं ३ र ११ मा जग्गा नापको काम सकिसकेको छ । राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाले राप्ती नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने जग्गा नापमा सहजताको लागी ज्ञापन पत्र बुझाइएको बताए । उनले राप्तीमा समस्या नभएपनि मध्यवर्ती क्षेत्रमा पर्ने समस्यामा एक्यवद्धता जनाइएको बताए । यसका लागी राप्ती सहितका पालिकाले प्रधानमन्त्री समक्ष समस्या प्रस्तुत गरिएको हो । राप्ती–२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–४ का वडा अध्यक्ष केदार आचार्य र वडा सदस्य रमेश श्रेष्ठ सहितका जनप्रतिनिधि समेत सहभागि रहेका थिए ।