राप्तीमा एमालेको ६५ जना नेकपा एसमा प्रवेश राप्ती

राप्तीमा एमालेको ६५ जना नेकपा एसमा प्रवेश राप्ती । राप्ती नगरपालिका वडा नं ६ मुडाभारमा रहेको एमालेका ६५ जना भन्दाबढी , एउटा टोलनै नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । शुक्रवार वडा नं ६ को मुडाभार चोकमा भएको कार्यक्रममा पार्टीका कार्यवहाक जिल्ला अध्यक्ष कृष्ण राज लव्ली, जिल्ला सचिव कुल प्रसाद लामिछाने लगायतकाले स्वागत गरेका हुन । पार्टी कार्यक्रममा सम्वोधन गर्नुहुदै पार्टीका जिल्ला सचिवालय सदस्य शमशेर लामाले पार्टीका नेताले बोलेका कुरा पुरा गरेर छाड्ने बताए । उनले स्थानिय तहमा अहिले समाजवादीकै सरकार भएको कारण वडागत विकासमा समस्या नहुने बताए । उनले आफु स्वंय पनि सरकारको नेतृत्व गरिरहेको कारण समग्र नगरको विकासमा आफु लागी पर्ने बताए । कार्यक्रममा महिला नेतृ सुमिता डल्लाकोटीले महिला नेतृत्वमा सदैव प्राथमिकतामा राख्ने पार्टी समाजवादी भएको बताइन । उनले पार्टीले समावेशीकरण गदै अगाडी बढेको भन्दै सवैलाइ स्वागत गरिन । उनले यो हाम्रो परिवार हो एक अर्कामा सहानुभुति प्रकट हुनुपर्ने बताइन । कार्यक्रममा जिल्ला सचिवालय सदस्य नीर प्रसाद लामिछोन, राप्ती नगर आयोजक कमिटीका अध्यक्ष राम सेढाइ, भरतपुर महानगरपालिका कमिटी अध्यक्ष केशव पोख्रेल, सचिव राम बहादुर भुजेल, जिल्ला कमिटी सदस्य राजु डल्लाकोटी, बोध प्रसाद रिजाल , पहाडी चौधरी, युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष सुजन लामा, सचिवालय सदस्य दिपक गोले, खेलकुद महासंघ राप्ती नगर कमिटी अध्यक्ष प्रविण खनाल, युवा संघ राप्ती नगर कमिटी सचिव निलेश चौधरी, लगायतकाको उपस्थिती रहेको थियो । पहाडी चौधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा वडा कमिटी अध्यक्ष हरि नारायण चौधरीको अध्यषतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार