रास्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटिको बैठक सम्पन्न

 

राप्ती । रास्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटिको बैठक सम्पन्न भएको छ । विहिवार नगर कमिटी अध्यक्ष सोम पुनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा रास्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा राप्तिको उत्प्रेरक अमृता भट्टराईद्वारा नगर कमिटिलाइ केन्द्रिय विशेष निर्देशिका हस्तान्तरण गरिएको अध्यक्ष पुनले जानकारी दिए । उनका अनुसार कमिटीले विभिन्न रचनात्मक काम गर्ने समेत बताए । पार्टीको विधानमा रहि पार्टीगत हिसाव वाट सामाजिक काम सहित अन्य रचनात्मक काम गरिने बताए । भाद्र २ गते नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिसंग राष्ट्रिय युवा संघको अन्तरकृयात्म कार्यक्रम हुने पुनले बिशाल न्युजसंगको कुराकानी जानकारी दिए । यो संगै भाद्र ७ गते फूटबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन र भाद्र २० गते देखि अन्तर वडा स्तरीय फूटबल प्रतियोगिता आयोजना गर्ने समेत उनले बताए । बैठकमा सहभागि पदाधिकारीहरुले आफ्नो आफ्नो विचार राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार