सिम्रनका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी

काठमाडाैं, साउन ३२
एकाएक चर्चामा आएकी बागलुङकी प्रतिभा सिम्रन परियारका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी छन् । युट्युब अन्तवार्ताको गायकीका कारण सामाजिक सञ्जालमा प्रशंसा पाएपछि उनले काठमाडौं आएर गीत गाउने अवसर पाएकी थिइन् । एक साता काठमाडौं बसेर बुधवार बागलुङ फर्किएकी सिम्रनले १४ वटा गीतमा स्वर दिइन् । जसमध्ये बिहीवारसम्म ६ वटा गीत सार्वजनिक भएका छन् । ८ वटा गीत सार्वजनिक हुन बाँकी नै छन् । ‘उस्लाई पाउन २’को फिमेल भर्सन, ‘ए साइँला परेली भित्र’ र ‘पानी परेको’को फिमेल भर्सन युट्युब ट्रेन्डिङमा संगीततर्फ क्रमशः शीर्ष ३ मा परेका छन् । उनले गायक खेम सेञ्चुरीदेखि नरेश खाती लगायतसँग गाएका गीतहरू सार्वजनिक हुन बाँकी नै छन् । सिम्रन बागलुङमा कक्षा १२ अध्ययनरत छिन् । काठमाडौंमा रहँदा उनलाई थुप्रै गीतका अफरहरू आइरहेका थिए । उनी पढाई छुट्ने भएकाले अफर आएका गीतहरू छाडेर बागलुङ फर्किएकी हुन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार