महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर बुधबार राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । “राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको छ ।” उनले भने, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।” जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । “यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रमुख संरक्षण अधिकृत मेहताले भने, “विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गर्छौं ।” रासस