राप्ती । राप्ती नगरपालिका भण्डारा अस्पताल र स्वास्थ्य बिमा बोर्डबिच राप्तीमा बिमा कार्यक्रम लागुगर्ने बारेमा सम्झौता भएको छ । बुधवार राप्ती नगरपालिका भण्डारा अस्पताल र वोर्ड विच सम्झौतामा हस्ताक्षर भएको हो । भण्डारा अस्पतालमा बिमा लागू नहुँदा राप्तीका सेवाग्राहीहरु खैरहनी र रत्ननगर अस्पताल धाउन बाध्य भएका थिए । यो सम्झौतासँगै स्वास्थ्य बिमा लिएका सेवाग्राहीहरुले भण्डारा अस्पतालबाटै सेवा पाउने राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बताए । उनका अनुसार २०७९ वाटनै स्वास्थ्य विमाको तयारी गरेको भएपनि भवन अभाव र व्यवस्थापनमामा समस्या आएपछि एक बषै यता धकलिएको हो । तर पनि लामाले अन्तत राप्तीमानै स्वास्थ्य विमा लागु पर्न सफल भएका छन । अव भदौ वाटनै स्वास्थ्य विमा विमारीले सेवा लिन पाउनेछन । राप्तीका अधिकांश जनताले खैरहनी र रत्ननगरमा सेवा लिदा समस्या आएको भन्दै गुनासो गर्न थालेका थिए । प्रभावकारी सेवा नपाएको, नाम गल्ति भएको जस्ता ऋटिको कारण पनि नगर प्रमुखले आफ्नै आखा अगाडी प्रभावकारी सेवा लिन र दिन पाउने बताए । यसले गुणस्तरियता मापन हुने बताए । जनताले गुणस्तरिय सेवा पनि पाउने उनको भनाइ रहेको छ । अहिले नियमित १ सय भन्दा बढी विमारी उपचारको लागी अस्पतालमा आउने गरेका छन । केही समयअघि भण्डारा अस्पतालको स्तरन्नोति गर्दै ओपिडि भवन सञ्चालनमा ल्याइएको थियो । अस्पतालले बिमा कार्यक्रम लागू गर्नैका लागि आवश्यक मापदण्ड पनि पूरा गरेको थियो । अब यो सम्झौतासँगै राप्ती नगरबासीको स्वास्थ उपचारमा सहज हुने लामाले बताए । नगरबासीको स्वास्थ्य सुविधामा आफूहरु सधैँ लागि परेको पनि उनले बताएका छन् । बिरामीको सहजतालाई मध्यनजर गर्दै केही समय अघि नगरपालिका र रेडक्रसबीच पनि सम्झौता भएको थियो । यो सबै नगरबासीको हितको लागि भएको नगर प्रमुख लामाले बताएका छन् ।