टिकौली दुर्घटनाबाट बचेकाले भने–बस उडेजसरी स्पिडमा आएको थियो

चितवन । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजका चालकको गम्भीर लापर्बाहीका कारण २० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा सात वटा सवारी साधनलाई लगातार ठक्कर दिँदै गुडेको थियो । लास बोकेको बोलेरो, मोटरसाइकल र स्कुटरहरुलाई अक्सफोर्ड कलेजको बसले ठक्कर दिएको हो । ‘म मोटरसाइकल छोडेर नभागेको भए, मलाई पनि ठक्कर दिन्थ्यो,’ घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘बसले आफ्नो साइड छोडेर विपरीत दिसामा गुडेका मोटरसाइकललाई ठक्कर दिँदै आयो, म मोटरसाइकल छोडेर भागेँ।’ उनले आफू ठूलो भाग्यले बाँचेको बताउँदै भने, ‘बस उडेजसरी स्पिडमा आएको थियो ।’ प्रहरीका अनुसार कलेजको बस नवलपुर गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार