चितवन । टिकौली जंगलमा आज भयानक दुर्घटना भएको छ । अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केहि मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज दिउँसो करिब ११ः४० बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बिपरित दिशाबाट लास बोकी देवघाटतर्फ जादै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिई बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्रबका मोटरसाइकलहरु, बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरहरुलाई एकैचोटी ठक्कर दिएको हो । प्रहरीले कलेज बस चालक नवलपुर गैडाकोट नगरपालिका–९ बस्ने बर्ष २६ को आशिष परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।