आइतबारदेखि तालिम सुरू भएको थियो । शिक्षण सामग्री क्षमता विकास, नमुना कक्षा शिक्षा, पाठ्यक्रमको परिचय, बालविकास केन्द्रको मापदण्डलगायत विषयमा प्रशिक्षण दिइएको नगरपालिका शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् । तालिममा शैक्षिक तालिम केन्द्र भरतपुरका प्रशिक्षक रामचन्द्र कट्टेल, बालविकास प्रशिक्षक तथा शिक्षा अधिकृत रविना देउजा, मन्टेश्वरी विषय प्रशिक्षक सन्ध्या गौतम, अनिता बराल, नमुना बालविकास केन्द्र राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरी माडीका बालबिकास केन्द्र सहजकर्ता सुमादेवी पन्तलगायतले प्रशिक्षण दिएका थिए । नगरभित्रका ४९ वटा सामुदायिक विद्यालयका ४० जना सहजकर्ताको सहभागिता रहेको थियो । प्रत्येक वर्ष बालविकास सहजकर्ताको क्षमता विकास गर्ने यस किसिमको तालिम दिँदै आएको शिक्षा अधिकृत देउजाले बताइन् ।