नहर विभागका व्यापारीहरु अर्काे विकल्प खोज्दै जग्गा खालि गर्ने सुचना आएपछि, कोहि व्यापार सादै कोहि व्यवसाय छोड्दै राप्ती । राप्ती नगरपालिकाले नहर विभाग खालि गर्ने सुचना दिएसंगै नहर विभागका सटर व्यवसायी विकल्प खोज्न थालेका छन । नगरपालिकाले ९० दिनको सुचना दिएर जग्गा खालि गर्न भनेपछि व्यवसायीले व्यवसाय सुचारुको लागी अरु ठाउमा सट खोज्न थालेका हुन । अहिले नहर विभागको छेउछउमा तीन दर्जन भन्दा बढी सटरमा व्यवसाय भइरहेका छन । भाडामा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले राप्ती नगरपालिकाको निर्णयलाइ सर्मथन गदै विकल्पको रुपमा अन्यत्र सटर खोजिरहेका छन । एक व्यवसायीले आफ्नो नाम नबताउने शर्तमा अव तत्काल अर्काे ठाउमा सटर पाए सरि हाल्ने बताए । उनले नहर विभागको जग्गा खालि गर्ने नगरपालिकाको निर्णय सुन्ने वित्तिकै विकल्पको रुपमा ठाउ खोज्न थालेको बताए । उनले लामो समय देखि सटर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेको कारण अहिले सटर खालि गर्छु भन्दा भाडामा दिने साहुले मन दुखाउलान भनेर नाम नलेखिदिन अनुरोध गरे । स्थानिय सरकारलेनै ठाउ खालि गर भनेपछि पक्कै पनि यहा समस्या हुन्छ किन झमेलामा पुर्न भन्दै सटर खोज्न थालेको बताए । अर्काे व्यवसायीले पनि आफ्नो नाम नलेखिदिन अनुरोध गदै के हो के हो भन्दै सामान नथपेको बताए । उनले अव यहा व्यवसाय राख्न मिल्दा पनि मिल्दैन यसकारण अर्काे ठाउमा सटर लिने कि नलिने भन्दै व्यवसायमा थप सामान नहालेको बताए । उनले जसरी पनि पालिकाले यो ठाउ खालि गरि हाल्छ भरु हामीले अहिलेनै वैकल्पिक उपाय लगाउदा व्यवसाय सुरक्षित हुने बताए । नहर विभाग खालि गर्न भन्दै राप्ती नगरपालिका चितवनले ९० दिनको सुचना जारी गरेको धन्नै महिनो दिन भइसकेको छ । अव दिनै गन्दा पनि आफ्नो व्यवसायीक संरचना विग्रने डररे स्थानियले अर्काे विकल्प खोज्न थालेका हुन । काठमाडौ तथा भरतपुरमै पनि हुन्न हुन्न भन्दा दिउसै डोजर चलेको भन्दै आफ्नो व्यवसायको सुरक्षा गर्न व्यवसायीले अर्काे ठाउमा सर्ने तयारी गरेका हुन । मुख्य राजमार्ग चेपाङ्ग राजमार्गको छेउमा करिब तिन दर्जन भन्दा बढी सटर भाडामा रहेका छन । कोहिले आफै व्यवसाय गरेका छन भने केहिले मासिक भाडामा लगाएका छन ।