नेकपा एमाले राप्ती नगर कमिटीको बैठक सम्पन्न

राप्ती । नेकपा एमाले राप्ती नगर कमिटिको पूर्ण बैठक सम्पन्न भएको छ । सोमवार रापती नगरपालिका वडा नं २ मा रहेको सिटि हलमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । नेकपा एमाले पोलीटव्युरो सदस्य तथा चितवन जिल्ला ईंन्चार्ज पार्वत गुरुङ्गको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीको साङ्गठिक उपलब्धि प्राप्त गर्ने बार्षीक कार्य योजना निर्माण गरेको छ । बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले बागÞमती प्रदेश संसदिय दलको नेता एवं पुर्व प्रदेश मन्त्री जे.एन थपलिया, नेकपा एमाले केन्द्रीय सदस्य प्रभा वराल, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य पूर्व मन्त्री दावा लामा, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द कंडेल, हरि पौड़ेल, ईमानसिंह लामा, श्यामलाल विक, जगन्नाथ आचार्य, नेकपा एमाले चितवन जिल्ला अध्यक्ष राम प्रसाद न्यौपाने,उपाध्यक्ष कमलराज पाठक, सचिव प्रकाश खनाल, उपसचिब चन्द्रकान्त न्यौपाने,जिल्ला संगठन प्रमुख घनश्याम कंडेल लगायतको उपस्थित रहेको थियो । बैठकमा राप्ती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, वडाका पार्टीका अध्यक्षहरुको उपस्थिती रहेको थियो । नगर उपसचिव राजकुमार कंडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नगर सचिव तारकेश्बरनाथ सिंहले सञ्लागन गर्नुभएको बैठक नगर कार्यवाहक अध्यक्ष श्याम सुन्दर उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार