राप्ति नगरपालिकामा नेपाल शिक्षक महासंघको धर्ना

राप्ती । पूर्वी चितवनको राप्ति नगरपालिकामा आइतबार नेपाल शिक्षक महासंघले धर्ना दिएको छ । मन्त्रिपरिषद्मा पेश गरिएको शिक्षा ऐनको विरुद्धमा पालिका स्तरीय देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत संघको नगर समितिले राप्ति नगरपालिकामा पनि चार घण्टा धर्ना दिएको हो । मन्त्रीपरिषद्मा पेश गरिएको शिक्षा ऐनमा समाबेस गरिएको केही बुँदा शिक्षकको हितमा नरहेको भन्दै महासंघले संशोधनको माग गर्दै देशव्यापी आन्दोलन सुरु गरेको हो । धर्नापछि संघले राप्ती नगरपालिलकाका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने लाई ध्यानर्कषणपत्र समेत बुझाएको छ । नेपाल शिक्षक महासंघ नगर समितिले ध्यानर्कषणपत्र बुझाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार