लगातारको बर्षाको कारण जनजिवन प्रभावति – सर्तकता अपनाउन नगरवासीलाइ अनुरोध : नगर प्रमुख लामा

राप्ती । लगातारको बर्षाको कारण कुनै क्षति हुन सक्ने भन्दै सचेत रहन नगर प्रमुख शमशेर लामाले अनुरोध गरेका छन । प्रमुख लामाले आफ्ना नगरवासीलाइ विपद वाट सचेत रहन अनुरोध गरेका हुन । शनिवार देखि निरन्तर बर्षा भइरहेको र यसका लागी सर्तकता अपनाउन उनले अनुरोध गरेका हुन । प्रमुख लामाले लोथर खोला , पम्फा खोला, च्यात्रा खोला , दुधकोशि खोला सहित साना खहरे खोलाले असर पार्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेका हुन । खोला बढ्न सक्ने, यसको प्रभाव खोला छेउका जनतामा पर्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेका हुन । नगरभित्रका पहाडी क्षेत्रमा समेत यसको प्रभाव पर्न सक्ने बताए । पहाडी क्षेत्रमा पहिरोको प्रभाव पर्ने भन्दै सर्तकता अपनाउन उनले अनुरोध गरे । यस बर्ष विपदका कारण कहि कतै ठुलो क्षति नभएको, मानववस्तीमा असर नपरेको त प्राकृतिक प्रकोप जति वेला पनि हुन सक्ने भन्दै लामाले सर्तकताको लागी अनुरोध गरेका हुन । नगरको वडा नं १० देखि १३ सम्मका पहाडी क्षेत्र र वडा नं १ र ३ को आधा भाग पहाडी क्षेत्रमा पर्छ । पहिरोको लागी सो वडाहरु समेत जोखिममा रहेका छन । राप्ती नगरपालिका वडा नं १,३,६ राप्ती खोला बाट समेत प्रभावति रहेका छन । नगर उप प्रमुख देवेन्द्र लामाले विज्ञप्ती मार्फत नगरवासीलाइ सर्तकता अपनाउन अनुरोध गरेका छन । उनले बाढी पहिरोको कारण जोखिम मानिएको राप्तीमा सर्तकता अपनाउन अनुरोध गरेका हुन ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । जसका कारण शनिवार राति देखि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा तथा एक(दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिबारदेखि सोमबारसम्म देशको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार