राप्तीको न्यायिक समितीको उल्लेखनिय प्रगती – वर्षमा २ सय ३७ वटा विवादमा मेलमिलाप

राप्ती । राप्ती नगरपालिकाले गएको आर्थिक वर्षमा २ सय ९७ वटा विवाद माथि छलफल गरेको छ । दर्ता हुन आएका २ सय ९७ वटा विवादमा २ सय ३७ वटा विवाद समितीले मिलाएको छ । वाकि ५८ वटा भने छलफल प्रकृयामा रहेको े न्यायीक समितीका संयोजक तथा नगर उपप्रमुख देवेन्द्र लामाले बताए । स्थानीय निकायमा न्याय निरुपण र विवाद समाधानको वैकल्पिक उपाय अवलम्बन गर्न सकिने गरी नेपालको संविधान २०७२, भाग १७ को धारा २१७ मा न्यायिक समिति सम्बन्धि व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम न्यायिक तथा मेलमिलाप समितिले दर्ता भएका विवाद समाधान गरिएको हो । गत आर्थिक वर्षमा दर्ता भएका २९७ वटा विवादमा संख्यातमक हिसावमा बढी विवाद सहमती भएको न्यायीक समितीका संयोजक तथा नगर उपप्रमुख देवेन्द्र लामाले बताए । प्राप्त उजुरीलाई सकेसम्म मेलमिलापको विधिबाट सुल्झाउने प्रयास गरिएको र सहमति हुन नसकेको २ वटा विवादलाई न्यायिक निरूपणबाट समाधान गरिएको उनको भनाइ छ । समग्रमा दर्ता भएका विवादहरुमध्ये जग्गाको साँध सिमानाको विवाद धेरै देखिएको छ । नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ३५ उजुरीहरुमध्ये १३ वटा अर्थात् सबैभन्दा धेरै साँध सिमाना सम्बन्धि उजुरी परेको न्यायीक सहजकर्ता विकास मोक्तानले बताए । न्यायिक समितिको तथ्यांक अनुसार दोस्रो धेरै उजुरी आर्थिक लेनदेन सम्बन्धि रहेको देखिन्छ । यसबाट आपसी लेनदेन सम्बन्धि विवाद बढ्दो रुपमा रहेको प्रष्टिन्छ भने घरायसी विवाद, बाटो कुलो विवाद, अंश तथा माना चामल र तलब, ज्याला सम्बन्धि विवादहरू बढी आउने गरेको देखिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार