शमशेरको शनिवार – राप्तीका मेयर सुकुम्वासीलाइ लालपुर्जा बाड्दै

स्थानिय सरकारको नेतृत्व लिए पछि राप्ती नगरपालीकाको नगर प्रमुख शमशेर लामाले विपन्नको लागी घर मात्र होइन विपन्नको लागी, सुकुम्वासीको लागी लालपुर्जाको व्यवस्था समेत गर्छु भनेर प्रतिवद्धता जनाउनु भएको थियो । अहिले राप्ती नगरपालीका वडा नं. ११ को करिब ६३ घरधुरीको लागी लाल पुर्जा वितरणको कार्यक्रमको अन्तिम तयारी पुगेको छ ।
राप्ती नगरपालीका वडा न. ११ स्थित डुम्रेखाडी बाटनै अव्यबस्थीत बसोबास अव्यबस्थीत र भुमिहिनहरुका लागी जग्गा नाप्न सुरु गरे पछि नै स्थानियहरुमा एक खालको उत्साह सूरु भएको थियो । स्थानियहरुमा अब चाहि लाल पुर्जा पाइन्छ, भने आशा पलाएको थियो । सोही आशा र भरोसा लिएर राप्ती नगर प्रमुख शमशेर लामा अहिले नियमित रुपमा सुकुम्बासीलाइ रातो लालपुर्जा दिनको लागी तल्लिन रहनुभएको छ । लामाका अनुसार राप्ती नगर पालिकाको दुई वटा वडाहरुमा करिब करिब जग्गाको नाप्न काम सकिएको छ ।
राप्ती नगरपालीका वडां. ११ र राप्ती नगरपालीका वडा नं. ३ मा बाकि रहेका ११ वटा वडामा अब क्रमश जग्गा नापिनेछ । आर्थिक बर्ष २०८०÷ ८१ को रातो किताबमा समेत लाल पूर्जा वितरणको लागि जग्गा नाप्नको लागी र अव्यबस्थित सुकुमवासी र छिटो लालपुर्जा पाउन भनेर १ करोड बजेट छुटाएको स्थाीनय सरकारले यो काम गरेको निकैनै प्रशसनिय र उदाहरणिय पनि रहेको छ । राप्ती नगरपालीकामा प्रारम्भिक तथ्याङ्गक अनुसार करिब ९ हजार भन्दा धेरै अवस्थित र भुमीहीन सुकुम्बासिको तथ्याक रहेको छ ।

 

शमशेरको शनिवार भिडियोमा हेर्नुहोस :

शमशेरको शनिवार इबुलेटिनमा :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार