राप्ती । अखिल नेपाल किसान महासंघ राप्ती नगर कमिटीले राप्ती नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । कमिटीले किसानको लागि आवश्यक स्रोत र साधनको मागसहित राप्ती नगर प्रमुख शमशेरलामालाई ज्ञापनपत्र बुझाएको हो । लम्पीस्किन रोगलाई माहामारी घोषणा गरि चाँडै खोपको व्यवस्था गर्नुपर्ने, पशुक्षति भएको किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्ने, किसानहरुलाई सहुलियतमा बीउबिजन उपलब्ध गराउनुपर्ने जस्ता माग ज्ञापनपत्रमा उल्लेखित छ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने, राप्ती-५ का वडा अध्यक्ष सिताराम बल, अखिल किसान महासंघ बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रतिभा पाण्डे, सदस्य रमा पराजुली, राप्ती नगर कमिटी अध्यक्ष धर्मराज कँडेल लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।