राप्ती । रा स्व पा राप्ती नगर समितीले विज्ञप्ती निकालेको छ । नगर सभापति तिलक कार्किले बङ्गलामुखि बचतको बिषयमा दिएका अभिव्यक्ति भुलवस भएको भन्दै गल्ति भएको स्वीकार गदै विज्ञप्ती निकालेकोे हो । राप्ती नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सभापति कार्किले बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनले अकलादेवी बचतको बिषयमा मात्र बोल्नुपर्नेमा अरु संस्थाको बिषयमा समेत अभिव्यक्ति आएकोमा क्षमा माग्दै कुनै संघ स.स्थाको मान र मार्यदामा आँच आउने उद्देश्य नभएको बताएका छन ।