राप्तीका सामुदायिक विद्यालयको दिवा खाजामा एक रुपता ल्याउने

राप्ती । राप्ती नगर प्रमुख शमशेर लामाले दिवा खाजामा एक रुपता ल्याउन निर्देशन दिएका छन । विहिवार नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलमा नगर प्रमुख लामाले सवै विद्यालयमा एक रुपता ल्याउनको लागी निर्देशन दिएका हुन । अव नगरभित्रका सवै राप्ती नगरपालिका भित्रका सामुदायिक विद्यालयमा दिवा खाजामा एक रुपता हुने भएको हो । नगर प्रमुख लामाले हप्तामा फरक फरक किसिमको खाजा व्यवस्था गर्नुपर्ने भन्दै विद्यालयका प्रधानाध्यापकलाइ नगरपालिकाले उल्लेख गरेको अनुसार दिवा खाजा व्यवस्था गर्न निर्देशन दिएका हुन । लामाले नगर वा वडाका जनप्रतिनिधि सम्वन्धीत निकायले अनुगमन गर्दा दिवा खाजामा फरक पर्न नहुने बताए । दिवा खाजामा नगरपालिकाले फलफुल, स्थानिय उत्पादनका खाद्यन्न वा परिकार, दहि चिउरा लगायतका रहेका छन । नगरपालिकाले अनुमगन गर्दा निर्देशन भन्दा वाहिरको खाजा खुवाएको पाएमा कारवाहि गरिने बताए । राप्ती नगरपालिकाले संघिय सहयोगमा कक्षा ५ सम्मका प्रति एक विद्यार्थी १५ रुपैया र त्यसमा नगरपालिकाले ५ रुपैया थपगरी २० रुपैयाको खाजा लागी बजेट रहेको छ । यहि शैक्षिक सत्र देखि नगरपालिकाले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको छ । राप्तीको पहाडी क्षेत्रका वडाहरुमा भने कक्षा १० सम्मै दिवा खाजाको व्यवस्था रहेको नगर शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार