रा स्व पाका नगर सभापति तिलक कार्कि विरुद्ध बङ्गलामुखि बचत कानुनी कारवाहिमा जादै

 

राप्ती । रा स्व पा राप्ती नगर समितीका सभापति तिलक कार्किले बङ्गलामुखि बचतको बिषयमा दिएका अभिव्यक्तिको तथ्य हिन भएको भन्दै सहकारीले विज्ञप्ती निकालेको छ । सहकारीको बिषयमा कार्किले दिएका अभिव्यक्तिले स.स्थाको प्रतिष्ठामा आँच आएको भन्दै स.स्थाले विज्ञप्ती निकालेको हो । संस्थाका व्यवस्थापक भवनाथ पाण्डेद्धारा हष्ताक्षर गरिएको विज्ञप्तीमा कार्किको अभिव्यक्ति प्रति घोर आपत्ति रहेको उल्लेख गरिएको छ । विहिवार कार्किले राप्ती नगरपालीकाको कार्यालयमा यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य हरी ढकाल, नगर प्रमुख लगायत बिभिन्न वडाको वडाध्यक्ष समेतको उपस्थितीमा बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भनि आरोप लगाए थिए । सो कुरा स्थानिय मिडियामा प्रसारित भएपछि स.स्थाले विज्ञप्ती निकालेको हो । स.स्थाले आरोप लगाय जस्तो कुनै तथ्य भए प्रमाणित गर्न चुनौती दिएको छ । तत्काल कार्किले आफ्नो अभिव्यक्ति नसच्याएमा कानुनी प्रकृयामा अघि जाने संस्थाले विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा लेखिएको छ हामीले हाम्रो कुन सदस्यको बचत फिर्ता गर्न नसकेको हो प्रमाण पेस गरि प्रमाणित गर्न वा लिखित वा सार्वजनिक माध्यम बाटै निजले गल्ती गरेको स्विकार गरि माफी माग्नुहुन हामीले निजलाई भोली मिति २०८० साल श्रावण २६ गते बिहान ११ बजे सम्मको समय समेत दिईएको जानकारी गरिन्छ अन्यथा निज तिलक बहादुर कार्की बिरुद्ध कानुनी उपचारमा जाने समेत जानकारी गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार