१८ करोड राजश्व संकलन गर्ने राप्ती नगरपालिको लक्ष्य

राप्ती । राप्ती नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागी १८ करोड आन्तरिक राजस्व संकलनको लक्ष्य लिएको छ । नगरसभामा प्रस्तुत बित्तिय ऐन अनुसार चालू आर्थिक वर्षमा १८ करोड आन्तरिक राजस्व संकलनको लक्ष्य लिएको हो । नगर प्रमुख शमशेर लामाले यो बर्ष राप्तीमा गएको बर्ष भन्दा तीन गुणा बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको बताए । यसलाइ महत्वकाक्षि लक्ष्यको रुपमा टिका टिप्पणी गरेको भएपनि हामी लक्ष्यको नजिकै पुगेर काम गर्नेछौ लामाले भने“ लामाका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा ७ करोड ८३ लाख ६२ हजार ९४ रुपैया राजस्व संकलन गरेको हो । जसमध्ये घर जग्गा रजिस्ट्रेसन बापतको राजस्व बाँडफाँड बाट सवै भन्दा धेरै ४ करोड ५७ लाख ५९ हजार ३ सय ७० रुपैया प्राप्त भएको देखिन्छ । उनले यो बर्ष यहि शिर्षकमा राजश्व बढ्ने बिश्वास व्यक्त गरे । पालिकाले यहि बर्ष वाट नदिजन्य पदार्थको ठेक्का समयमा लगाउने उनले बताए । पालिकाले करको दायरा अझै बढाउने भन्दै यसै बर्ष वाट घर बहाल कर , होडिङ्ग, डिजिटल बोर्डको कर, कवाडी संकलनको कर, साथै व्यावसायिक कर वाट लक्ष्य नजिक पुग्ने प्रमुख लामाको लक्ष्य रहेको छ । पालिकामा अझै धेरै व्यवसायीहरु करको दायरा भन्दा बाहिर रहेकोले उनिहरुलाइ दायरा भित्र ल्याउदा राजस्व केही बढ्न सक्ने उनको भनाइ छ । लामाले ६५% भूभाग वन जंगलले ढाकेको भन्दै उनले पालिका भित्र रहेका जडिबुटी, काठ दाउरा बाट राजश्व संकलन गर्ने बताए । प्राकृतिक सम्पदालाई नगरको आम्दानीसंग जोडेर आन्तरिक आम्दानी बढाउने भन्दै उनले नदीजन्य पदार्थको उत्खननलाई व्यवस्थित गर्ने बताएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार