चितवन : चितवन सोसाइटी क्यानडाले देवघाटधामस्थित रामजानकी बालिका आश्रममा रहेका ३२ जना बालिकाहरुलाई भोजन ग्रहण गराउने कार्यक्रम सम्पन्न गरेको छ । चितवनको विकास र सामाजिक भावनाको वृद्धि तथा समाजको एकता र समृध्दिको नारा बोकेको चितवन समाज क्यानडाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । उक्त भोजन ग्रहण कार्यक्रममा आश्रमका बालिकाहरुले स्वागत गीत गाएका थिए ।