जनआर्दश क्याम्पसको स्वामित्व लिन राप्ती नगरपालिकालाइ अनुरोध – क्याम्पस सञ्चालनको मोडालिटीको बिषयमा छलफल गरिने : नगर प्रमुख लामा

 

राप्ती । विरेन्द्रनगरमा रहेको जनआर्दश बहुमुखि क्याम्पसले राप्ती नगरपालिकालाइ स्वामित्व लिन अनुरोध गरेको छ । क्याम्पस सञ्चालनमा आर्थिक समस्या आउन थालेपछि नगरपालिकालाइ क्याम्पस व्यवस्थापन समिती र प्रशासनले ज्ञापन पत्र सहित सहयोगको लागी अपिल गरेको हो । क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष गोविन्द कडेल सहितको टोलिले नगर प्रमुख लामालाइ क्याम्पसको अहिलेको अवस्थाको बिषयमा अवगत गराएका थिए । जवाफमा नगर प्रमुख लामाले बहुमुखि क्याम्पसलाइ स्थानिय तहले हेर्न मिल्ने वा नमिल्ने यस बिषयमा स्पष्ट कार्यविधि नभएको भन्दै आवश्यक समन्वय गर्ने बताए । तर पालिका भित्रकै क्याम्पसको अवस्थाको बिषयमा जानकारी लिएर त्यसको स्तरउन्नतीको लागी आवश्यक पहल भने गर्न सक्ने बताए । उनले कक्षा ११ र १२ को पनि शिक्षामा निशुल्क अभियान ल्याएकोमा विद्यालयीस्तरको लागी मात्र कार्यविधिमा पर्ने बताए । यसका लागी नगरपालिकाले अन्य पालिकाको मोडालिटि हेरेर केहि निर्णय गर्न सक्ने बताए । तर तत्कालै स्वामित्व लिने र के गर्ने भन्ने बिषयमा ठोस निर्णय दिन नसक्ने उनले बताए । छलफलमा क्याम्पसका अध्यक्ष कडेलले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको सख्या, क्याम्पसको लक्षित जनता सहित यसले राप्ती नगरपालिकाको पहिचानको लागी खेलेको भुमिको बिषयमा समेत जानकारी गराएका थिए । अहिले नगरपालिकाले निशुल्क शिक्षा अभियान सुरु गरेकोमा स्वागत गदै तत्काललाइ कक्षा ११ र १२ को लागी आर्थिक सहयोग सहित जिम्मेवारी लिनुपर्ने कडेलले बताए । यस बिषयमा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले आफ्नो वडाको क्याम्पसको बिषयमा वडागत हुने सहयोगमा कुनै सम्झौता नहुने बताइन । वडाले छात्रवृत्ति उपलव्ध गराउने र आवश्यक सहयोग गर्ने बताइन । वडा सरकारको बजेट र आवश्यक सहयोगमा कत्ति पनि कन्जुस्याइ नहुने उनले प्रतिवद्धता जाहेर गरीन । क्याम्पस समिती र नगर प्रमुख विचको छलफल पछि सोमवार नगर प्रमुखले शिक्षा अधिकृत रविना देउजाको संयोजकत्वमा क्याम्पस सञ्चालनको लागी अध्ययन समिती बनाएका छन । समितीले क्याम्पसको अहिले अवस्था र आवश्यक आर्थिक व्यवस्थापनको बिषयमा प्रतिवेदन पेश गर्नेछ । यसका लागी आगामी आर्थिक बर्ष २०८१÷०८२ मा कार्यविधि पारितनै गरेर जान सकिने गरी प्रतिवेदन पेश गर्न नगर प्रमुखले निर्देशन दिएका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार