घरवेटीसंग राप्ती उद्योग वाणिज्य संघको छलफल

राप्ती । खुरखुरे र विरेन्द्रनगरका घरभाडामा दिने घरवेटीसंग राप्ती उद्योग वाणिज्य संघले छलफल गरेको छ । सोमवार संघको कार्यालयमा भएको छलफलमा व्यापारमा मन्दि देखा परेपछि व्यापारीलाइ भाडामा छुट दिन घरवेटी तयार भएका छन । पहिले जस्तो व्यापार नभएको भन्दै व्यापारि विस्थापित हुने भएपछि उद्योग वाणिज्य संघले घरवेटीसंग भाडा छुट मागेका हुन । घरवेटीले कुल भाडाको १० देखि ३० प्रतिशत सम्म छुट दिने संघका अध्यक्ष राजकुमार कडेलले बताए । कडेलका अनुसार कोहि कोहि घरवेटीले ३ महिना सम्म सहयोग गर्ने वा छुट दिने कुरामा सहमती गरेको जानकारी गराए । अव अर्काे चरणमा भण्डारा, गड्यौली र लोथरका घरवेटीसंग आवश्यक समन्वय गर्ने कडेलले बताए । कोरोना कालदेखि थला परेको व्यापार व्यवसायलाइ उकास्न संघले यो अभियान सुरु गरेको हो । संघले अव दर्ता गरेर सञ्चालनमा आएका व्यवसायीलाइ सहजीकरण गर्ने, नया दर्ता गर्नमा सहयोग गर्ने र असोज मसान्त सम्ममा कर तिर्ने व्यवसायीलाइ छुटको व्यवस्था गर्ने समेत बताए । उनका अनुसार राप्ती उखेग वाणिज्य संघले व्यवसायीको हक र हितको लागी सधै काम गर्ने बताए । सामाजिक उत्तरदायित्व संगै आफ्ना सदस्यहरुको लागी आवश्यक सहयोगमा सधै रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार