सुन्दर भण्डारा राप्तीको अभियान – भण्डाराका व्यवसायीले सटरको पालि र वरण्डा हटाए

राप्ती । भण्डारा बजारका व्यवसायीहरुले नगरपालिको निर्देशनलाइ पालना गदै सटर अगाडीका पालि र वरण्डा हटाएका छन । एक हप्ता अगाडी नगरपालिकाले नगर भित्रका मुख्य बजारमा रहेका सटरहरुको पालि र वरण्डा हटाउन निर्देशन दिदै सुचना प्रकाशित गरेको थियो । भण्डाराका व्यापारीले नगरपालिकाको निर्देशनलाइ सहजरुपमा स्वीकार गदै पालि र वरण्डा हटाएका छन । अहिले बजार खुल्ला देखिएको छ । बजार खुल्ला र फराकिलो देखिएपछि नगर प्रमुख शमशेर लामाले खुशि व्यक्त गरे । उनले भण्डाराको बजार सुन्दर देखिने तरखरमा रहेको र स्थानिय व्यापारीले सहयोग गरेको बताए । नगरले एक हप्ते सुचना जारी गरेको हो । यो सुचनालाइ मध्यनजर गदै व्यापारीले सहयोग गरेका छन । हामी सुनदर र व्यवस्थित बजार बनाउन लागी पर्नेछौ । राप्तीको व्यापारीक केन्द्र भण्डारा हो र यसको लागी हामीले आवश्यक समन्वय गर्ने कुरा यहाहरुलाइ प्रष्ट बताउने छौ । स्थानिय व्यापारीलाइ लक्षित गदै लामाले भने “तपाइहरुले नगरको निर्णयलाइ जसरी सहजीकरण गर्नुभएको छ , अव बजार व्यवस्थित गर्ने हाम्रो दायित्व हो ”भण्डाराका व्यवसायी एकराज खरेलले नगररे गरेको निर्णय स्वीकार्य भएको भन्दै पालि र वरण्डा हटाएको बताए । उनले बजार खुल्ला र फराकिलो पनि देखिने भएपछि सवै व्यापारीहरुले नगरको निर्देशन पालना गरेका हौ । उनका अनुसार नगरपालिकाले अव बजार व्यवस्थित गर्न पहल गर्नुपर्ने बताए । उनका अनुसार वजारमा रहेका सवै व्यापारीले नगरको निर्देशन मान्दै व्यवस्थित गर्न सहयोग गरेको बताए । नगरले अव बजारमा आउने ग्राहकहरुको लागी सहजीकरण होस भन्दै पार्किङ्ग, अटो स्टेशनको व्यवस्था गर्नुपर्ने बताए । राप्ती नगरपालिकाले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । जुन प्रकृतीको व्यवसाय दर्ता हो सोहि अनुसार व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । अहिले अव्यवस्थित रुपमा रहेको भण्डाराका ठेला समेत व्यवस्थित भएका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार