राप्तीका मेयर शमशेर लामाले गरे ३ वटा बोल्ड निर्णय – शमशेरको शनिवार

– ९० दिन भित्र नहर विभागको जग्गा खालि गर्न निर्देशन
– भण्डारा सहित नगरका चोकमा रहेका ठेला हट्यो
– सुकुम्वासीलाइ लालपुर्जा दिने अन्तिम तयारी

राप्ती नगरपालिकाले यो हप्ता ३ वटा महत्वपुर्ण काम गरेको छ । आफ्नो नियमित कामसंगै पालिकाले २ वटा महत्वपुर्ण निर्णय र एउटा प्रशंसा गर्न लायक काम गरेको हो । आजको शमशेरको शनिवार हामी राप्ती नगरपालिकाले अव्यवस्थित रुपमा बस्दै आएको ठेला हटाएको, सटर व्यवसायीलाइ पालि र बरण्डा हटाउन नगरपालिकाको निर्देशन , दशककौ देखि लालपुर्जा विहिन भएकाले लालपुर्जा पाउने र सवैको चासोको बिषय रहेको नहर विभागको जग्गा खालि गर्ने सम्वन्धी राप्तीको ३ निर्णयको चर्चा गर्नेछौ ।
राप्तीका मेयर शमशेर लामाले भण्डारा चोक देखि नगरभित्रका मुख्य चोक चोकमा रहेका ठेलालाइ व्यवस्थित गराएका छन । अटेड गर्ने व्यवसायीको ठेला जफत समेत गरेको छ । अहिले भण्डारा चोकमा ठेला देखिा छाड्यो , साच्चै भण्डारा सुन्दर र खुल्ला देखिएको छ । अव नगरपालिकाले यहि सोमवार सम्म व्यवसायीलाइ सटरको अगाडीको बरण्डा र पालिमा व्यवसाय नराख्न निर्देशन दिएको छ । यो निर्देशन व्यवसायीले स्वीकार गरेका छन ।
हुन्छ हुन्छ , आउछ आउछ भन्दै दशककौ देखि आसामा बसेका सुकुम्वासीलाइ राप्तीका मेयर शमशेर लामाले श्रावणको अन्तिम साता वाट लालपुर्जा वितरण गर्ने भएका छन । मेयर लामाका अनुसार अहिले राप्ती ११ का ३३ घरधुरीको लालपुर्जाको लागी रुजि गर्ने काम सकिएको बताएका छन । उनले आफ्नो कार्यकालको दोस्रो बर्षको सुरुमा लालपुर्जा बाड्न पाउदा खुशि व्यक्त गरे । अव सकेसम्म यहि बर्ष जग्गा नाप्ने काम सक्ने र लालपुर्जा वितरणको कम तिव्र गतिमा हुने भएको छ ।

सवैको चासोको बिषय रहेको नहर विभागको जग्गा के होला ? यसअघिको सरकारले खालि गर्छ कि भनेर अपेक्षा गरेका राप्ती वासीको आसा त्यसै तुहिएको थियो । नया सरकारले गर्न सक्छर ? भनेर नाक खुम्चाएका हरु अहिले राप्तीका मेयर शमशरे लामाले श्रावण गते जारीको सुचना हेरेर जिव्रो टोक्न थालेका छन । राप्ती नगरपालिकाले श्रावण १७ गतेको मितीले ९० दिन भित्र सो जग्गा खालि गर्न भनेको छ । अन्यथा स्थानिय सरकार ऐन अनुसार आवश्यक प्रकृया अगाडी बढ्ने सुचनामा उल्लेख गरिएको छ । तर सो स्थानमा वसोवास गर्ने जनताले समितीनै बनाएर शुक्रवार नगरपालिकालाइ ज्ञापन पत्र बुझाएको छ ।
राप्तीका मेयर शमशेर लामाले सो ठाउमा बसोवास गर्ने , साच्चै पिडित हुन भने उनिहरुको उचित व्यवस्थापन गर्ने बताए । माथिल्लो तह वाटनै खालि गर्न निर्देशन आएपछि स्थानिय सरकारले आफ्नो जिम्मेवारी पुरा गरेको बताए । सरकारको नाममा रहेको जग्गालाइ फिर्ता गर्नुपर्ने कुरामा कसैले पनि विवाद गर्न नहुने लामाको धारणा रहेको छ ।
शमशेरको शनिवार भिडियोमा हेर्नुहोस :

शमशेरको शनिवार इबुलेटिनमा हेर्नुहोस :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार