राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन्

चितवन, १७ साउन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ । यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क क्लिनिक सेवा पनि दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । निलो रंगको एम्बुलेन्समा निःशुल्क क्लिनिक लेखिएको छ । हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धवृद्धालाई उपचार सेवा दिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार