मल चाइयो भन्दै किसानको नगरपालिकालाइ ज्ञापन पत्र

राप्ती । भण्डारामा रहेको जनजागृत ताजा हरियाली तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले राप्ती नगरपालिकालाइ ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार किसानलाइ मल अभाव भएको तर स्थानिय सरकारले बेवास्ता गरेको भन्दै ध्यानकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो । स.स्थाका अध्यक्ष धर्मराज कडेलको नेतृत्वमा आएका किसानहरुको समुहले स्थानिय सरकारले आफ्नो कुल बजेटको २५ प्रतिशत कृषि क्षेत्रको लागी व्यवस्थापन गर्नुपर्ने, मल कार्डको व्यवस्थापन गर्नुपर्ने, सहकारीलाइ एक जना कृषिविज्ञ व्यवस्थापन गराइदिनुपर्ने लगायतको माग गरेका छन । ज्ञापन पत्र बुझ्नुहुदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले प्रस्तुत गरिएका किसानका सवै मागहरु नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाइ सविस्तार व्याख्या गरिदिने बताए । उनले कृषकहरुको मागको सम्वोधन गराउन हरप्रयत्न गर्ने समेत प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार