लाल बहादुरको चुहिने घर नगर प्रमुख लामाको पहलमा छाइयो

लाल बहादुरको चुहिने घर नगर प्रमुख लामाको पहलमा छाइयो
राप्ती । राप्ती नगरपालिका १ लोथरका लाल बहादुर प्रजाको घरको छानो चुहिएपछि नगर प्रमुख शमशेर लामाले तत्कालै जस्ताले छाइदिएका छन । उनलाइ स्थानिय मिलन सेढाइले प्रजाको घरको अवस्था बताएका थिए । नगर प्रमुख लामाले प्रजाको घरमा आवश्यक जस्ता व्यवस्था गराइ दिए पछि स्थानियले उनको घर छाइदिएका हुन । नगर प्रमुख लामा प्रजाको घरमानै गएर घरको अवस्थाको बिषयमा जानकारि लिएका हुन । उनले नगरका कोहि पनि घरविहिन हुननपरोस भन्दै एक बर्ष सय घरमा लागि परेका हुन । लामाले प्रजाको नया घर बनाउन नपर्ने तर मर्मत गरेर पनि राम्रो हुने भएपछि जस्ता र आवश्यक पाइप उपलव्ध गराएका हुन । उनले बर्खाको समयमा प्रजाको घरमा पानि नचुहियोस भन्दै बर्खा अघिनै यस बिषयमा चासो लिएका हुन । लामाले अहिले सम्म पालिका भरी १ सय ७५ घर बनाएका छन । यसका अलवा यहि हाराहारीमा विपन्नलाइ जस्तापाता उपलव्ध गराएका छन । नगर प्रमुख लामाले सवै ठाउमा जनप्रतिनिधिको आखा नपुगेको हुन सक्छ । यदि आफुलाइ समस्या छ नगरमा वा जनप्रतिनिधिलाइ समन्वय गर्न उनले अनुरोध गरेका छन । उनले भन्न नसक्ने स्थानिय सरकारको पहुचमा नरहेका जनताको लागी छरछिमेकले पालिका सम्म खवर ल्याएदिन अनुरोध गरेका छन । राप्तीको १३ वटै वडामा अहिले विपन्नको घर बन्दैछ । भोका रहेका जनतालाइ खाद्यन्न लैजाने काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार