नगर प्रमुख लामाले भने “भोकै हुनुहुन्छ भने भन्नुहोस हामी छौ “

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले कोहि भोकै नहुन भन्दै विपन्न परिवारले राप्ती नगरपालिकाको सम्वन्धीत वडासंग समन्वय गर्नुपर्ने बताए । कोहि पनि वडावासी भोकै नहुन भन्दै उनले आफ्ना नजिकका जनप्रतिनिधिसंग ढुक्क भएर आफ्नो समस्या राख्न अनुरोध गरेका छन । अहिले जनप्रतिनिधि र जनताविच दुरी बढेको भन्ने गुनासो आएपछि प्रमुख लामाले जनताको लागी सेवा गर्न आएका जनप्रतिनिधिसंग कोहि पनि डराउनु नपर्ने बताए । उनले आफुलाइ परेका सवै समस्या आफ्ना जनप्रतिनिधिसंग भन्नुहोस अन्यथा आफुलाइ सम्र्पक गर्न उनले अनुरोध गरेका छन । प्रमुख लामाले बर्खामा विपन्न परिवार काममा वाहिर जान नसक्दा, खाद्यन्नमा गाह्रो पर्न सक्ने भन्दै आफ्नो स्थानिय सरकारसंग आफ्नो समस्या राख्न अनुरोध गरेका हुन । उनले साच्चै विपन्न परिवार छन भन् नगरपालिकाले आवश्यक खाद्यन्नको व्यवस्था गर्नेछ । यसमा कुनै पनि समस्या छैन । तर हातमा सिप हुदाहुदै, वा अवसरलाइ अवज्ञा गरेर वसेकाहरुलाइ भने पालिकाले सहयोग नगर्ने उनले बताए । नगर प्रमुख लामा विपन्नको मेयरको रुपमा चिनिदै आएका छन । उनले आफ्ना जनताको साना साना समस्या समाधान गदै आइरहेका छन । उनि कहिले एक बोरा चामलनै किन नहोस भोकै जनता छन भन्ने सुचना पाउने वित्तिकै घरघरमा पुगि हाल्छन । लामाले आफ्नो कार्यकालमा नगरका सवै विपन्न परिवारको घर बनाउने लक्ष्य लिएका छन । उनले कार्यकालको पहिलो बर्षमानै १ सय ७५ घर निर्माण गरेका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार