राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले विद्यालयले बर्खे विदा भएपछि विदामा रहेका आफ्ना नानीवावुको ख्याल गर्न अनुरोध गरेका छन । नगर प्रमुख लामाले अभिभावकले विदामा रहेका आफ्ना नानीवावुको बिशेष ख्याल गर्नुपर्ने बताए । पानि परिरहने मौसम सहित गर्मि पनि रहेको भन्दै वालवालिकालाइ अभिभावकले बिशेष ख्याल गर्नुपर्ने बताए । यो समयमा अभिभावकले घरमानै नानीवावुको लागी व्यस्त हुने क्रियाकलाप गर्नुपर्ने बताए । घरमा रहदा मोवाइल र इन्टरनेटमा झुम्मिने र वाहिर जादा अप्रिय घटना हुन सक्ने भन्दै वावुनानीहरुको लागी अभिभावकले महत्वपुर्ण भुमिका निर्वाह गदै सेजनशिल बनाउन सहयोग गर्नुपर्ने बताए । उनले घरमा विभिन्न खालको सृजनात्मक काममा लगाउनु पर्ने, घरायसी काम सिकाउनु पर्ने बताए । मोवाइल र इन्टरनेट वाट टाढा राख्दै नानीवावुलाइ सस्कारी कुरामा व्यस्त गराउन उनले अनुरोध गरेका छन । नगर प्रमुख लामाले विद्यालयले दिएको गृहकार्य संगै नियमित पढाइमा ध्यान दिन नानीवावुलाइ अनुरोध गरे । उनले नानीवावुले पढाइलाइ महत्व दिनुपर्ने र पढ्ने बानीलाइ छोड्न नहुने बताए । श्रावण महिना भरी विद्यालय बन्द रहने भएको छ । यो बेला अभिभावकले ख्याल नगरे नानीवावु झन विग्रन सक्ने सम्भावना रहन्छ ।