बर्खामा च्याउ पहिचान गरी सेवन गर्न नगर प्रमुख लामाको अनुरोध

 

 

राप्ती । बर्खाको समयमा उम्रने जंगली च्याउ सेवन गर्दा सचेत रहन नगर प्रमुख शमशेर लामाले अनुरोध गरेका छन । पानि परेपछि जंगलमा च्याउ खोज्न जाने र च्याउ सेवन गर्दा अकालमा ज्यान जान सक्ने भन्दै नगर प्रमुख शमशेर लामाले यस बिषयमा समेत रहनु पर्ने बताएका हुन । जंगलमा बिषालु च्याउ उम्रने र त्यसको सेवनले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रमुख लामाले पहिचान गरी सेवन गर्न मिल्ने च्याउ मात्र खान अनुरोध गरेका छन । धेरै समय पहिले कान्दामा जंगली च्याउको सेवनको कारण परिवारका सवैको ज्यान गएको भन्दै यस्तो नहुन दिन बिषालु च्याउ पहिचान गरेर मात्र खानुपर्ने बताएका छन । राप्तीको पहाडी क्षेत्रका जनता अन्र्तगत वडा नं १० देखि १३ , वडा नं १ तथा वडा नं ३ का जनताहरु पहाडी भुभागमा रहे भन्दै जंगली च्याउ सेवन गरिहाल्न नहुने बताए । राष्ट्रिय निकुञ्जसंग जोडिएका वडामा पनि च्याउ खोज्न जाने र ल्याएर खाने स.ख्या रहेको भन्दै च्याउको पहिचान गर्न आग्रहग गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार